विराटनगरसहित अन्य महानगरपालिकाको मेयर टुङ्गो लगाउन काँग्रेस केन्द्रको बैठक

<span class='c1'>विराटनगरसहित अन्य महानगरपालिकाको मेयर टुङ्गो</span> <span class='c2'>लगाउन काँग्रेस केन्द्रको बैठक</span>

विराटनगर । विराटनगर र ललितपुरको मेयरको उमेद्वार टुङ्ग्याउन नेपाली काँगेसको बैठक सुरु भएको छ । महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न पार्टी कार्यालय सानेपामा काँग्रेसका शीर्ष नेताहरु अनौपचारिक छलफल सुरु भएको हो ।

शुक्रबार र शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा सहमति जुट्न नसकेपछि अहिले पार्टी सानेपामा छलफल भइरहेको छ । बिहान ९ बजे शीर्ष नेताको बैठक बस्ने पनि साढे १० बजेपछि मात्र छलफल सुरु भएको थियो ।
शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक बस्ने छ । कार्यसम्पादन समिति बैठक ११ बजे बस्ने भनेपनि शीर्ष नेताहरु सहमतिकै खोजीमा अल्झिएको अवस्था छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगरबाट गठबन्धनबाट मेयरको साझा उम्मेदवार खडा गर्ने छ ।

यस्तै भरतपुर, पोखरा र विरगञ्जमा काँग्रेसबाट उपमेयरको उम्मेदवार हुने छन् । काठमाडौंमा सिर्जना सिंहको नाममा सहमति जुटेपछि विराटनगर र ललितपुरमा सहमतिको खोजिइरहेको छ । यस्तै उपप्रमुखमा पनि सहमति जुट्न सकेको छैन । आज र भोलि उम्मेदवारी दर्ताको समय भएपनि काँग्रेसले अझै उम्मेदवार तय गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्