विराटनगर । नेपाली काँग्रेसले मोरङको बेलबारी नगरपालिका मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापालाई टिकट दिइएको छ । मनोनयनको अन्तिम दिन काँग्रेसको प्रदेश समितिले बेलबारीमा सुवेदी र थापालाई उठाउने निर्णय गरेको हो ।
यसैगरी उर्लाबारीमा अहिलेका मेयर खड्ग फागोलाई मेयरमा र सीता कार्कीलाई उपमेयरमा, लेटाङ ज्ञानेन्द्र ढकाललाई मेयरमा, पथरीशनिश्चरेमा नगेन्द्रबहादुर सुब्बा मेयरमा र कविता पराजुली उपमेयर, रतुवामाई नागेश्वर प्रसाद सिंह मेयर, सुनवर्षी यज्ञ कार्की मेयर, रंगेली मोदराज घिमिरे र कौशिला देवी मण्डल तथा सुन्दर हरैंचा शिव ढकाल मेयरमा उमेदवार बनाएको छ ।