विराटनगरका १९ वडाको अध्यक्षमा को–को

<span class='c1'>विराटनगरका १९ वडाको</span> <span class='c2'>अध्यक्षमा को–को</span>

विराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगरमा नेपाली काँग्रेस र एमालेले १९ वडाबाटै वडा अध्यक्षको उमेदवारी दिएको छ । मुख्य चार पार्टीबीच हुने चुनावी भिडन्तमा नेकपा माओवादी केन्द्र र जसपाले सबै वडामा उमेदवारी नदिएपनि सार्थक प्रतिस्प्रर्धा र केहि वडामा निर्वाचित हुने गरि उमेदवारी दिइएको हो ।

माओवादी केन्द्रले विराटनगरको वडा नं. २, ७ र ११ मा उमेदवारी दिइएको छैन । त्यसमा एकिकृत समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । बाँकी १६ वटा वडामा आफ्नै उमेदवारी दिइएको महानगर अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस र एमालेले सबै वडामा उमेदवार उठाएको छ । गठबन्धन गर्ने भनिएपनि बाँकी दलहरुप्रति वेवास्ता गरिएको छ । नेपाली काँग्रेसले दिइएका उमेदवारहरु :

१) राजन न्यौपाने, २) ज्ञानेश्वर नेपाल, ३) कमल पुडाशैनी, ४) सन्जय मण्डल, ५) सन्तोष न्यौपाने, ६) अक्षय सहनी, ७) मधुबाबु तिवारी, ८) सन्तनु रेग्मी, ९) विश्वनाथ भगत, १०) सन्तोष ढुंगाना, ११) सन्तोष राजबंशी,१२) हरि भट्टराई, १३) आमोद झा, १४) रमेश राजबंशी, १५) प्रकाश साह, १६) उद्धव भुजेल, १७) अस्लम आलम, १८) कुन्तालाल यादव, १९) उदय राजबंशी

यसैगरी नेकपा एमालेले विराटनगर महानगरका १९ वटा वडामा अध्यक्षको उमेदवारी दिइएको छ । नेपका एमालेकार्फतबाट वडा अध्यक्षका उमेदवार :
१) काजिबहादुर बस्नेत, २) कुमार पोखरेल, ३) बासुबहादुर बस्नेत, ४) जितेन थापा, ५) मिनकुमार आचार्य, ६) अनिस आलम, ७) दामोदर तिवारी, ८) राम पोखरेल, ९) श्रीप्रसाद तोतला, १०) अर्जुन गिरी, ११) तिर्थेन्द्र न्यौपाने, १२) भोला बराल, १३) इश्वर पोखरेल, १४) सुर्यनारायण महतो, १५) धर्मानन्द सन्जेल, १६) कुमार महर्जन, १७) हमिद आजाद, १८) भुवनेश्वर यादव, १९) श्याम घिमिरे

नेकपा माओवादी केन्द्रका उमेदवार :
१) चन्द्रबहादुर बम, २) खाली, ३) कृष्णप्रसाद निरौला, ४) जिसस न्यौपाने, ५) भरत गोसाँई, ६) बिजय कामत, ७) खाली, ८) डम्मरु भ्ट्टराई, ९) नभि हुसेन, १०) सरितादेवी राय, ११) खाली, १२) खाली, १३) राजकिशोर कर्ण, १४) बिनोद यादव, १५) रामेश्वर साह, १६) सिताराम पण्डित, १७) मो.जावेद मियाँ, १८) सोनु केवट, १९) शिवराम थन्दार

#OBElectionUpdates

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्