विराटनगर । विदेश पढ्न जानको लागी कोरोना कहरका कारण झन्डै २ बर्ष सम्म स्थगित रहेको न्युजिल्याण्ड अध्ययन पुन सुचारु हुने भएको छ ।
यसैविच विराटनगर १० मा रहेको एक्सेस एजुकेशन नेटवर्कले न्युजिल्याण्ड पढ्न जानेहरुको लागी विराटनगरमा एक दिने न्युजिल्याण्ड एडमिशन एसेस्मेन्ट डे गर्ने भएको छ । न्युजिल्याण्ड अध्ययनको लागी जान चाहानेहरुका लागी एजुकेशन नेटवर्कले बैसाख १५ एक्सेसको कार्यलयमा नै एक दिने शैक्षिक परामर्स दिने भएको हो । एक दिने शैक्षिक परामर्समा न्युजिल्याण्डका १० कलेजका ४ जना प्रतिनिधीहरु आएर प्रत्यक्ष परामर्स लिन सक्ने एक्सेस एजुकेशन नेटवर्क विराटनगरका सरोज बस्नेतले जानकारी दिए ।
न्युजिल्याण्ड जान चाहने विद्यार्थीहरुले १० वटा इन्सिच्युटका बारेमा प्रत्यक्ष सोधपुछ र त्यहाँको बारेमा जानकारी लिन सक्ने बस्नेतले बताए । कोरोना कहरका कारण २ वर्षदेखी स्थगित भएको कार्यक्रम पुन सुरु भएको जनाइएको छ ।