लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>लागुऔषध मुद्दाका फरार</span> <span class='c2'>प्रतिवादी पक्राउ</span>

विराटनगर । लागुऔषध मुद्दाका १ जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

गत चैत्र ३० गते मोरङको विराटनगर महानगरपालिका-१९ मा को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते धरानको सुनसरीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका-८ का ३९ बर्षीय झगेन्द्र राई रहेका छन् । राईले नियन्त्रीत लागुऔषध गाँजा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतिय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडी फरार भएका थिए ।

लागुऔषध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्