विविएस दोस्रो वर्षको रिजल्टमा मेरिल्याण्डकी राजलक्ष्मी अग्रवाल उत्कृष्ट

<span class='c1'>विविएस दोस्रो वर्षको रिजल्टमा</span> <span class='c2'>मेरिल्याण्डकी राजलक्ष्मी अग्रवाल उत्कृष्ट</span>

विराटनगर । त्रिभुवन विश्वविद्यालयद्वारा २०७७ सालमा लिइएको विविएस दोस्रो वर्षको रिजल्टमा मेरिल्याण्डकी राजलक्ष्मी अग्रवालले ७५.४० प्रतिशत अंक ल्याएकी छिन् ।

उक्त अंक प्रदेश कै उच्च रहेको बुझिएको छ । यस वर्षको रिजल्ट कोरानाले गर्दा दुई वर्ष ढिलो आएको कुरा विद्यार्थी छात्रा कृति बोहरा बताउँछिन् । अहिले परिणाम आएका विद्यार्थीहरु चौथो वर्षमा अध्ययनरत छन् । मेरिल्याण्डबाट १ जना डिस्टीङसन, १४ जना प्रथम श्रेणी सहित राम्रो नतिजा ल्याएर उतिर्ण भएको कलेजका प्रिन्सीपल लक्ष्मण ढकाल बताए ।

मेरिल्याण्डकी छात्रा सिम्रन अग्रवालले २०७८ सालको विविएस तेस्रो वर्षको परीक्षामा नेपालमै सर्वाधिक ८२.२ प्रतिशत अंक ल्याई नेपाल प्रथम हुन सफल भएकी थिइन । त्यसैगरि २०७४ सालमा रोहित कार्कीले ८४.३ प्रतिशत अंक ल्याइ नेपाल प्रथम भएका थिए । त्यस्तै २०६७ सालमा किन्जल पोख्रेलले त्रिभुवन विश्वविद्यालय टप गरी तत्कालिन प्रधानमन्त्री डा० बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए । स्मरण रहोस् व्यवस्थापन शिक्षामा २० वर्षको सफल इतिहास रचेको मेरिल्याण्ड कलेज प्रदेश एक र राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्था मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्