म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

<span class='c1'>म्याग्दीमा ट्रक दुर्घटना हुँदा</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए। उनका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्