काठमाडौं । काठमाडौंको कलंकीमा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको धुनिबेसी नगरपालिका-२ बस्ने ४५ वर्षीय दिवाकर अधिकारी रहेकाे प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
थानकोटबाट स्वयम्भूतर्फ आउँदै गरेको बा८०प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा५ख ७३४५ नम्बरको टिपरले बुधबार बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।
दुवै सवारीसाधन र टिपर चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिई घटना बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।