विराटनगरमा मेयर–उपमेयरसहित केन्द्रीय नेताले मत खसाल्दै

<span class='c1'>विराटनगरमा मेयर–उपमेयरसहित केन्द्रीय</span> <span class='c2'>नेताले मत खसाल्दै</span>

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगरका मेयर–उपमेयरसहित पार्टीका केन्द्रीय नेताहरुले विभिन्न मतदान केन्द्रबाट मतदान गर्दैछन् । नेकपा एमाले र काँग्रेसका नेताहरुले मतदान गर्न सुरु गरिसकेका छन् । एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट मतदान गरिसक्नु भएको छ ।

नेकपा एमालेबाट मेयरका उमेदवार सागर थापाले विराटनगर–४ कन्चनबारी मतदान केन्द्रबाट मत खसाल्नु भएको छ । यसैगरी नेपाली काँग्रेसकातर्फबाट मेयरका उमेदवार नागेश कोइरालाले सरस्वती मावि. विराटनगरमा मतदान गरिसक्नु भएको छ ।

उपमेयर उमेदवार अमरेन्द्र यादवले स्नातकोत्तर क्याम्पस विराटनगर, एमालेबाट उपमेयर उमेदवार शिल्पा निराला कार्कीले जनपथ मावि विराटनगरबाट मतदान गर्नु भएको छ । यसैगरी नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आदर्श मावि विराटनगर र स्वतन्त्र उमेदवार उमेश यादवले स्नातकोत्तर क्याम्पस विराटनगरबाट मतदान गर्दै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्