धनकुट्टा, माघ १२ गते।
धनकुट्टा जिल्लाको छिन्ताङबाट सोमबार लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।
चार किलो गाँजासहित छिन्ताङ गाविस ५ बस्ने २५ वर्षिय तासराज राई पक्राउ परेका हुन्। राईलाई इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले छिन्ताङ १ स्थित पन्चकन्याबाट पक्राउ गरेका हुन्।
शंकास्पद अवस्थामा हिड्दै गरेका उनको झोलाबाट प्रहरीले चेकजाँचकाक्रमा उक्त परिमाणको गाँजा बरामद गरेको थियो।