एभरेष्ट स्कूलको ‘हेड ब्याय–हेड गर्ल’मा ईशल र श्रीज्योनी विजयी

<span class='c1'>एभरेष्ट स्कूलको ‘हेड ब्याय–हेड गर्ल’मा</span> <span class='c2'>ईशल र श्रीज्योनी विजयी</span>

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको हेड ब्वाय र हेड गर्लमा क्रमशः ईशल भट्टराई र श्रीज्वनी बानियाँ विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचन को मतपरिणाम अनुसार ईशल ९२८ मत प्राप्त गर्दै हेड ब्वायमा निर्वाचित हुनुभएको हो भने श्रीज्वनी ५२५ मतका साथ विजयी हुनुभएको छ ।

स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएर जनप्रतिनिधिहरु निर्वाचित भइसकेको अवस्थामा एभरेष्ट स्कूलले पनि निर्वाचनको झल्को दिने गरि मतदान प्रक्रियाबाटै नेतृत्व चयन गरेको हो ।

एक वर्षे कार्यकालको लागि आफ्नो नेता चयन गर्न १५ सय ६० विद्यार्थीमध्ये १४३५ जनाले मतदान गरेका थिए । २ पद ‘हेड ब्याय’ र ‘हेड गर्ल’ का लागि ९ जना उम्मेदवार प्रतिष्पर्धिका थिए । एक वर्षसम्म विद्यालयका सम्पूर्ण विद्यार्थीको प्रतिनिधित्व गर्दै उनीहरुको हकहितमा विद्यालय प्रशासनसँग जोडिएर भूमिका निर्वाह गर्ने हेड गर्ल र हेड व्याय चयनका लागि लोकतान्त्रिक विधि अपनाउँदै गोप्य मतदानबाट नेतृत्व चयनको अभ्यास विद्यालयले हरेक वर्ष गराउँदै आएको छ ।

कक्षा ३ देखि १० सम्मका विद्यार्थीले मतदानमा सहभागिता जनाएको निर्वाचन मुख्य अधिकृतको भूमिका निर्वाह गरिरहनुभएका विद्यालयका माध्यामिक तह इन्चार्ज भोजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आज १०ः ४० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो । लगत्तै मतगणना गरि नतिजा सार्वजनिक गरिएको हो । जेठ १० गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई मनोनयन फिर्ताको लागि ११ गतेसम्मको समय तोकिएको थियो ।

 

बालिगले आफ्नो नेतृत्व चयन गर्दा अपनाउने सम्पूर्ण निर्वाचनको बिधि अपनाएर गरिएको मतदान प्रकृयाले विद्यार्थीहरुमा नेतृत्व विकास र मतदान प्रकृयाका बिषयमा पूर्ण जानकार बनाउने विद्यालयका प्रिन्सीपल टिकाराम पुरीको विश्वास छ ।
उहाँले भन्नुभयो,‘नेपाल जस्तो लोकतान्त्रिक मुलुकमा लोकतन्त्रको अभ्यास गर्नै पर्ने आवश्यक छ । त्यसका लागि पनि तल्लो कक्षा देखि नै सामाजिक शिक्षा अन्तर्गत निर्वाचन शिक्षा अध्ययन गराउनुपर्ने हुन्छ । त्यस अन्तर्गत निर्वाचन सम्बन्धि व्यवस्था पनि छ । त्यसकारणले निर्वाचन कसरी गर्ने भन्ने सवालमा प्रयोगात्मक रुपमा सिकाउन यो विधि अपनाइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्