पाइलट घिमिरेको मोबाइल नम्बरमा फोन लाग्यो : लोकेसन ‘ट्रयाक’ गर्दै प्रहरी

<span class='c1'>पाइलट घिमिरेको मोबाइल नम्बरमा फोन लाग्यो</span> <span class='c2'> : लोकेसन ‘ट्रयाक’ गर्दै प्रहरी</span>

काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको 'अल्फा इको ट्यांगो' कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ ।

प्रहरीका उच्च अधिकारीका अनुसार तीनपटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएको छ । पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरेहको पाइएको छ । स्थल र हवाइ मार्गबाटै खोजी कार्य जारी छ । सोही क्षेत्रमा खोजी कार्यका लागि सुरक्षाकर्मीको टोली जाँदै छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।

आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्कीए हुनसक्ने जानकारीमा आएको छ। पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रहेको थियो त्यसपछि सम्पर्क विहिन बनेको थियो । तारा एयरको ९ एन-एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरले उडान भएरेका थिए । चालकदलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो । जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्