सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

<span class='c1'>सुनचाँदीको मूल्यमा</span> <span class='c2'>सामान्य वृद्धि</span>

विराटनगर । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सुन मूल्य प्रतितोलामा २ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य तोलामा आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ । आइतबार भने सुनको मूल्य स्थिर रहेको थियो । हिजो सुन प्रतितोला ९८ हजार रुपैयाँ कायम रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज उकालो लागेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढ्दा एक हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य स्थिर रही प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्