प्रदेश १ को नामाकरणका लागि काँग्रेसले पनि थाल्यो पहल

<span class='c1'>प्रदेश १ को नामाकरणका लागि</span> <span class='c2'>काँग्रेसले पनि थाल्यो पहल</span>

विराटनगर । प्रदेश नम्बर–१ को नाम राख्ने विषयमा नेकपा एमालेले पहल लिएसँगै नेपाली कांग्रेसले पनि अन्य दलसँग छलफल थालेको छ ।
कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले दलका नेता राजीव कोइरालालाई अन्य दलसँग छलफल गर्ने जिम्मेवारी तोकेको हो ।

यस अगाडी नेकपा एमालेले पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति नै गठन गरेको थियो । जुन समितिले पछिल्लो समय नामाकरणको विषयमा छलफल व्यापक बनाएको छ ।

काँग्रेसले प्रदेशसभाको चालु अधिवेशनबाट नामकरण टुंगो लगाउनुपर्ने भन्दै कोइरालालाई त्यसका लागि अन्यदलसँग छलफल गर्ने जिम्मेवारी दिएको कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईले जानकारी दिएका छन् । अन्य दलसँग छलफल चलाएर समान धारण बनाउन काँग्रेसले पहल लिने राईले बताएका छन् । प्रदेशको नामका विषयमा गठबन्धन नेतृत्वको सरकारले स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा छलफल गर्न समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्