विराटनगरको रत्ना होटलले पायो चारतारे मान्यता

<span class='c1'>विराटनगरको रत्ना होटलले</span> <span class='c2'>पायो चारतारे मान्यता</span>

विराटनगर । विराटनगरको पर्यटकीय रत्ना होटलले चारतारेको मान्यता पाएको छ । थ्रीस्टार होटलको रुपमा रहेको रत्नाले फोरस्टारको मान्यता पाएको हो ।

रत्ना होटलले सेवा सुविधा विस्तार गर्दै स्तर वर्गीकरणका लागि पर्यटन विभागमा निवेदन दिइएको थियो । होटलका कार्यकारी निर्देशक निर्मला अधिकारी तिवारीका अनुसार चारतारेस्तरको मापदण्ड पूरा गरेपछि स्तरबृद्धि भएको हो ।

उनका अनुसा हरेक सेवा र सुविधा अहिले थपिएका छन् । होटलमा सुइट, डिलक्स र स्ट्यान्डर्ड क्याटोगरीका रुमहरु रहेका छन् । स्वीमिङ्ग पुल र हेल्थक्लव समेत थपिएको छ । स्वीट, इम्पेरियल स्वीट, डिलक्स स्वीट, बिजनेस स्वीट, डिलक्स रुम र स्टयान्डर्ड रुमसहितको सुविधा पर्यटकले लिन पाउनेछन् ।

रत्ना होटलमा ६५ वटा रुम रहेका छन् । जसमा दैनिक १२० जना बस्न सक्ने क्षमता रहेको छ । होटलमा चारहजार ५०० देखि पन्ध्रहजार रुपैँयासम्मका कोठाहरु रहेको अधिकारीले जानकारी दिइन् ।

होटलका सञ्चालक रेवतबहादुर थापाले विभागले सबै अनुगमन गरेपछि पर्यटकीयस्तरको होटल रत्नाको ग्रेडअप गरेको हो । होटलले चारतारे मान्यता पाएसँगै अहिले सेवा सुविधा समेत थप गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्