पहिराले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

<span class='c1'>पहिराले बगाउँदा दुई</span> <span class='c2'>भारतीय नागरिक बेपत्ता</span>

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् ।

प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने खोलमा भारतीय नागरिक फोर्सबाट झरेर आउँदै गर्दा अचानक आएको पहिराले बगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्