विराटनगर । आईतबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पुनः बढाइएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।
यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।
निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा रु.२१ ले वृद्धि गरी प्रतिलिटर रु.१९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु.२७ ले वृद्धि गरी प्रतिलिटर रु.१९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।
फोटो:फाईल