विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित

<span class='c1'>विचार गरियोस् भन्ने</span> <span class='c2'>प्रस्ताव बहुमतले पारित</span>

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

सो प्रस्ताव प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेस गर्नुभएको थियो ।

यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक राजश्व र व्ययको अनुमानित बजेट माथिको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले बजेटले प्रदेशको सन्तुलित विकासमा विशेष ध्यान दिएको बताउनुभयो । उहाँले दिगो विकास नै प्रदेश सरकारको लक्ष्य एवं उद्देश्य रहेको धारणा राख्दै सरकारले विगतका सरकारका ७० प्रतिशत योजनामा बजेट व्यवस्था गरेको जानकारी दिनुभयो ।

आर्थिक वृद्धि दर छ दशमलव ४८ प्रतिशत रहने सरकारको अनुमान रहेको बताउँदै मन्त्री आङ्बोले बजेट हावादारी नभएर वास्तविकताको धरातलमा रहेको जिकिर गर्नुभयो । बजेट खुला किताब जस्तो पारदर्शी रहेको प्रस्ट पार्दै मन्त्री आङ्बोले बजेटले उत्पादन र उत्पादकत्व बढाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात घटाउने कुरामा केन्द्रित छ भत्रुभयो ।

विशेष समय

प्रदेशसभाको बैठकमा नेकपा एमाले संसदीय दलका तर्फबाट विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य जीवन घिमिरेले सरकारले इन्धनमा बढाएको मूल्यले घरदेखि बाहिरसम्म असर परेकाले इन्धनको मूल्य तुरुन्त घटाउनुपर्ने माग गर्नुभयो । उहाँले किसानलाई सहज रुपमा मल, बीउबिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै विराटनगर विमानस्थलको स्तरोत्रति गर्न बजेट विनियोजन नभएकामा आपत्ति जनाउनुभयो । उहाँले विमानस्थलको स्तरोत्रति गर्न विगतमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग त्रिपक्षीय सम्झौता भएको अवस्थामा बजेट विनियोजन नहुनु दुःखद हो भत्रुभयो ।

उहाँले भारत सरकारको सहयोगमा भारतको बथनहादेखि मोरङको कटहरीसम्म चल्ने रेलको विषयमा नेपाल सरकारले गर्नुपर्ने काम समयमै नगरेकाले नेपालतर्फको काममा अवरोध आएको जानकारी दिँदै रेलको सम्पूर्ण काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी, बैठकमा आर्थिक विधेयक, २०७९ माथि छलफल सुरु भएको छ । छलफलमा प्रदेशसभा सदस्य उमिता विश्वकर्मा र वसन्तीदेवी यादवले आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ः३० मा बस्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्