नेपाल टी-२० लिगको प्रतिनिधिसभाको बैठकमा कुरा उठ्यो , खारेज गर्न माग

<span class='c1'>नेपाल टी-२० लिगको प्रतिनिधिसभाको बैठकमा कुरा</span> <span class='c2'>उठ्यो , खारेज गर्न माग</span>

विराटनगर । विवादित बन्दै गएको नेपाल टी-२० लिगको विषयमा प्रतिनिधिसभाको बैठकमा कुरा उठेको छ। हिजो बसेको संसद बैठकको विशेष समयमा बोल्दै एमालेका संसाद गोकुल बास्कोटाले टी-२० लिगको सम्झौता खारेज गर्न माग गरेका छन् ।

क्यानले प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदारको रूपमा भारतको सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको थियो। ‘बिना प्रतिस्पर्धा सेभेन थ्री स्पोर्ट्सलाई दिइएको छ। खेदजनक र आपत्तिजनक छ। कम्पनीलाई भारतको कानुन लाग्नेछ प्रष्ट रूपमा सम्झौताको २१ नम्बर बुँदामा लेखिएको छ। यस्तो कसरी हुन पुग्यो? यो खारेज गर्नुपर्छ। विदेशी कम्पनीलाई कानुनी अधिकारी दिने कुरा अत्यन्त घातक छ।’ रहेको बाँस्कोटाले बताए।

सम्झौता गर्दा व्यापक आर्थिक अनियमितता भएको आरोप बास्कोटाले लगाएका छन् । ‘क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसरी चतुर्‍याइ गरेर देशको क्रिकेट क्षेत्रलाई खतम गर्नु भएको छ। यस विषय साधारण होइन यसमा सरकारको ध्यानकर्षण गर्छौं। सम्झौता पत्र च्यातिनु पर्छ। गर्ने भए पनि पुर्नविचार गर्नुपर्छ,’ बाँस्कोटाले भने।

नेपाल टी-२० लिग आगामी असोजमा हुने क्यानको भनाइ छ। क्यानले नेपाल टी-२० लिगलाई देशको एक मात्र आधिकारी लिग बनाउने भन्दै अन्य फ्रेञ्चाइज लिगलाई राष्ट्रिय मान्यता भने नदिने बताइसकेको छ। अन्य लिगलाई क्षेत्रीय लिगको मान्यता दिन भने सोच्न सकिने क्यानको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्