रंगेलीमा स्कूलको बसले किचेर ४ वर्षीय बालकको मृत्यु, एकजना घाईते

<span class='c1'>रंगेलीमा स्कूलको बसले किचेर ४</span> <span class='c2'>वर्षीय बालकको मृत्यु, एकजना घाईते</span>

विराटनगर । मोरङको रंगेलीमा विद्यालयको बसले किचेर एक जना बालकको मृत्यु भएको छ । भने अर्का एक गम्भीर घाइते भएका छन् ।
रंगेलीको माउन्ट मकालु स्कूलको को १ क ११३० नम्बरको बसकले किच्दा रंगेली–७ का ४ वर्षीय ऋतिक मण्डलको मृत्यु भएको हो ।

मृतक बालकसँगै रहेकी ७ वर्षीया सनमकुमार मण्डलको थप उपचारका लागि विराटनगर ल्याइएको छ । उनीहरु दुवै माउन्ट मकालु विद्यालयका विद्यार्थी भएको बुझिएको छ ।

एलकेजीमा अध्ययनरत मण्डललाई बिद्यालयको बसले किचेर गम्भीर घाइते बनाएको थियो । स्थानीय टाइम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्