प्रजातन्त्र दिवसमा झापामा मिनी म्याराथन

<span class='c1'>प्रजातन्त्र दिवसमा झापामा</span> <span class='c2'>मिनी म्याराथन</span>

अनिलदेब राई, दमक, ९  फाल्गुन—प्रजातन्त्रको दिवसको अवसर पारेर शुक्रवार झापाको झिलझिलेमा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । रजत जयन्तीको अवसर पारेर झिलझिलेस्थित पशुपति एकेडेमी अंग्रेजी माध्यमिक विद्यालयले सो प्रतियोगिताको आयोजना गरेको हो ।

महेन्द्र राजमार्ग अन्र्तगत धार्मीक एबम् पर्यटकीय कन्काई नदि (माईधार) देखि झिलझिलेस्थित स्कुलको प्रागंणसम्म तय गरिएको ६ किलोमिटर लामो दौड प्रतियोगितामा तेह्रथुमका कुमार डांगी प्रथम भए । उनले ३१ मिनेटमा आफ्नो विजय सुनिश्चत गरे । उनले आफुम्याराथनमा सहभागी हुनकै लागि एक साताअघि झापा आइपुगेको बताए । ‘कार्यक्रम तीन गते हुने भनिएको थियो, उनले भने, ‘पछि सर्यो । फेरी आउनेजाने गर्दा खर्च बढी हुने भएकाले यतै बसे ।’ उनले आफु ४२ किलोमिटरसम्मको म्याराथनमा यस अघि नै कुदिसकेको बताए । प्रथम भएका उनलाई पुरस्कार स्वरुप नगद आठ हजार एक सय रुपिँयासहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
प्रतियोगितामा शिवसतासी नगरपालिकाका निरज बस्नेत र भुपाल सेरेङ क्रमशः दोश्रो र तेश्रो भएका थिए ।
३२ मिनेटकुदेर दोश्रो बनेका बस्नेतलाई नगद ६ हजार एक सय रुपिँया र सेरेङलाई तीनहजार ६ सय रुपिँयासहित प्रमाणपत्र र मेडेलद्धारा सम्मान गरिएको थियो । प्रतियोगितामा चौथो बनेकी गिता आचार्यलाई पनि सान्तवना पुरस्कार प्रदान गरिएको थियो ।
विहान साढे सातबजे माइधारबाट शुरु भएको म्याराथनको झापाका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले रिबन काटेर उद्घाटन गरेको थिएँ । म्याराथनमा ३६ जना धावक सहभागी भएको आयोजक पशुपति एकेडेमीका प्रिन्सिपल चन्द्रप्रसाद खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्