धरानमा इन्जीनियरिंङ एस्पो फाल्गुन १३ र १४ गते

<span class='c1'>धरानमा इन्जीनियरिंङ एस्पो फाल्गुन</span> <span class='c2'>१३ र १४ गते</span>

बिराटनगर फाल्गुन १०

"पुन निर्माणका लागि पुर्वको प्रतिवद्धता" भन्ने मुल नाराका साथ यही फाल्गुन १३ र १४ गते प्राविधिक विद्यार्थी संगठन नेपाल र पुर्वाञ्चल क्याम्पसको आयोजनामा इन्जीनियरिंग एस्पो २०१६ हुने भएको छ । उक्त एस्पोमा मोरंग , झापा र सुनसरीका करिब सय कलेजका कक्षा ११ र १२ मा पढिरहेका बिद्यार्थीले अवलोकन गर्ने आयोजकले बताएका छन् । एस्पोमा बिभिन्न बिद्यार्थीले बनाएका इन्जीनियरिंङ मोडलहरु , रोबट डिजाइन, बिभिन्न कलेजले तयार पारेका टेक्निकल प्रोजेक्टहरु , गेम जोन , करियर परामर्श , साँस्कृतिक कार्यक्रम ,  निशुल्क स्वास्थ्य परिक्षण लगायतका  कार्यक्रम गरिने कार्यक्रम संयोजक अनुभब पोखरेलले आवर बिराटनगर डट नेटलाई बताए । धरान- ८ स्थित पुर्वान्चल क्याम्पसको मैदानमा उक्त कार्यक्रम आयोजना गरिने छ  । उक्त एस्पोलाई बिराटनगर स्थित डाइनामिक एडुकेसनले मुख्य प्रायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्