भूकम्प पीडित भोकभोकै, चामल अझै गोदाममा

<span class='c1'>भूकम्प पीडित भोकभोकै,</span> <span class='c2'>चामल अझै गोदाममा</span>

 

प्रदीप परियार
बिर्तामोड । बंगलादेश सरकारले भूकम्प पीडितलाई पठाएको अनुदानको चामल १० महिनादेखि झापामै थन्किएको छ । बैशाख १२ गते गएको भूकम्पबाट प्रभावित बनेको हजारौं पीडितका लागि पठाएको चामल खाद्य संस्थान मेची अञ्चलको गोदाममा थन्क्याइएको छ ।
भूकम्पपछि पुननिर्माण प्राधिकरण गठन गरेर पुन निर्माण अभियान शुरु भइसक्दा पनि प्रभावित क्षेत्रमा चामल पुग्न सकेको छैन । सरकारको लापरवाहीले गर्दा चामल सो क्षेत्रमा पुग्न नसकेको हो । बंगलादेश सरकारले ९९ हजार ९ सय ८२.५० क्वीन्टल चामल अनुदान स्वरुप नेपाल पठाएको थियो ।
भूकम्प लगत्तै बंगलादेशले पठाएको चामल खाद्य संस्थानको गोदाममा किटनाशक औषधि प्रयोग गर्दै राखिएको छ । संस्थानले ३८ हजार ८ सय क्वीन्टल पठाइसकिएको जनाएको छ । भूकम्प प्रभावित क्षेत्र अझै अस्तव्यस्त छ । प्रभावित सर्वसाधारण पाल मुनी जीवन विताइरहेका छन् । खाना र नानाको अभावले भूकम्प पीडित भौतारिरहेका छन् । यता संस्थानको मेची कार्यालय बंगलादेशले पठाएको चामललाई रमिता बनेर हेरिरहेको छ ।
स्थानीय राजनीतिक दल, सरोकारवाला निकाय र स्थानीय सरकारले सम्बन्धित क्षेत्रमा चामल पठाउन प्रभावकारी पहल नगर्दा चामल औषधि छर्कदैं राख्नु परेको छ । भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको हाहाकार भएपछि चामल पठाउन नसकिएको केहीको भनाइ छ । पेट्रोलियम पदार्थको सहज हुँदा पनि भूकम्प प्रभावित जिल्लामा चामल पठाउने मेलोमेसो छैन । खाद्य संस्था मेचीका प्रमुख मार्कण्डेयप्रसाद जायसवाजका अनुसार चामल विग्रन नदिन सोही अनुसारको औषधि प्रयोग गरिएको छ । बंगलादेशले दिएको चामल सरकारी प्रक्रिया अनुसार मात्र वितरण हुन्छ । गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापालाई निर्देशन नदिएसम्म चामल हलचल हुँदैन ।
झापाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले जिम्मेवारी सम्हालेको केही हप्ता मात्र भएको छ । उनले यसबारे धेरै कुरा थाहा नपाएको प्रतिक्रिया दिएका छन् । ‘मैले चामल हेरेको छु’, तर कसरी पठाउने भन्ने बारेमा म पनि अल्मलिरहेको छु । जिल्लाको लागि नयाँ भएकाले राम्रोसँग बुझ्न पाएको छैन’ – प्रजि भूजेलले भने ।
यसअघि काठमाडौंसहित लहान, भैरहवा, पोखरा, काभ्रे, गोर्खा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, तनहुँ, धनकुटा, सिन्धुली, दोलखा, रामेछाप, रसुवा, लमजुङ र ताप्लेजुङ पठाइएको छ । ‘आदेश भएको छैन’, संस्थानका प्रमुख जायसवाले भने । आदेश हुनासाथ तत्काल पठाउँछु । उनका अनुसार अनुदानस्वरुप प्राप्त भएको चामल भूकम्प प्रभावित क्षेत्रमा अविलम्ब खपत गर्नुपर्छ । केन्द्रीय कार्यालयसँग चामल पठाउनका लागि पहल भइरहेको उनले बताए ।
सोमबार राप्रपा नेपालको राष्ट्रिय युवा मोर्चाका केन्द्रीय सदस्य अर्जुन कन्दङ्वाले कार्यालय पुगेर प्रभावित क्षेत्रमा चामल पठाउन आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्