बिराटनगर फाल्गुन १२
जाते गाबिसको सहयोगमा अन्तर पार्टी महिला सञ्जाल जाँतेको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर जाँतेमा सम्पन्न भएको छ ।
जाँते उमावि परिसरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गराएको आयोजक अन्तर पार्टी महिला सञ्जाल जाँतेकी अध्यक्ष सुनिता तिम्सिनाले बताउनुभयो ।
कार्यक्रमको शुभकामना मन्तव्य दिने क्रममा सांसद पर्तमान धिमालले समाजमा अहिले पनि रोगहरु लुकाउने परिपाटीको अन्त्य नभएकाले स्वास्थ्य सम्बन्धि प्रभावकारी जनचेतनामूलक कार्यक्रम ल्याइनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नोबल अस्पतालका प्रबन्धक नारायण दाहालले स्वास्थ्य शिविरमा पाइने सुविधाहरुको बारेमा जानकारी दिदै जाँतेमा आयोजना गरिएको स्वास्थ्य शिविर नोबेल अस्पताल विराटनगरको चालू आर्थिक बर्षको २ सय ७० औं शिविर रहेको बताउनुभयो ।
नोबेल अस्पताल बिराटनगर को प्राबिधिक सहयोगमा भएको शिविरमा विभिन्न रोगहका विशेषज्ञ डाक्टरहरुको सेवा प्रदान गरिएको थियो ।