एस्पायर कलेजमा स्नातकतर्फ बिआईटी र बिपिएच बिषयको पठनपाठन हुने

<span class='c1'>एस्पायर कलेजमा स्नातकतर्फ बिआईटी र</span> <span class='c2'>बिपिएच बिषयको पठनपाठन हुने</span>

विराटनगर । विराटनगर–१४ मलायरोडमा अवस्थित रहेको एस्पायर कलेजमा बिआईटी र बिपिएच बिषयको पठनपाठन हुने भएको छ ।

यसै शैक्षिक सत्रदेखि कलेजमा स्नातक तर्फ ४ वर्षे बिआईटी र बिपिएच बिषयको पठनपाठन हुने भएको हो । काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रमहरु विराटनगरमा सञ्चालन गरिरहेको कलेजले साउन १ गतेदेखि भर्नाका लागि आवेदन खुलाएको छ । कुनैपनि बिषयमा प्लस टु उत्तीर्ण गरेका विद्यार्थीहरुले बिआईटी (ब्याचलर अफ टेक्निकल एजुकेशन इन इन्फरमेशन टेक्नोलोजी) र बिपिएच (ब्याचलर इन प्रोफेशनल हस्पिटालिटी) बिषयमा भर्ना हुन पाउने कलेजका सञ्चालक विकास अधिकारीले बताए ।

रोजगारमूलक व्यावसायिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ पहिलोपटक एस्पायर कलेजले काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु भने विराटनगर भित्रयाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्