मेरिल्याण्ड कलेज देशभरिकै सातौँ स्थानमा

<span class='c1'>मेरिल्याण्ड कलेज देशभरिकै</span> <span class='c2'>सातौँ स्थानमा</span>

विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेज देशभरिकै उच्च मा.वि.हरु मध्ये सातौँ स्थानमा पर्न सफल भएको छ ।

काठमाडौँको केन्द्रबिन्दु अनलाईन समाचार पत्रिकाले विभिन्न आधारहरु जस्तैः नतिजा, पूर्वाधारमा लगानी, फ्याकल्टि, व्यवस्थापन, विद्यार्थीद्वारा प्राप्त उपलब्धी , अतिरिक्त क्रियाकलाप, क्यारियर विकास अवसर लगायतलाई आधार मानेर प्रत्येक वर्ष टप–२० कलेजहरुको नाम प्रकाशित गर्ने गरेको छ । सो आधार अनुसार यस वर्ष मेरिल्याण्ड कलेज गत वर्ष भन्दा दुई स्थान माथि उक्लिदै सातौँ स्थानमा पर्न सफल भएको छ । मेरिल्याण्ड कलेज विगत १९ वर्षदेखि सधैँ उत्कृष्ट टप–टेन कलेजमा पर्दै आएको छ । व्यवस्थापन शिक्षा मात्र पढाई हुने यस कलेज देश विदेशका विद्यार्थीको रोजाईमा परेको छ । नेपालका विभिन्न भाग तथा छिमेकी देश भारतको बोर्डर एरियाको विद्यार्थीहरुको पहिलो रोजाई पनि मेरिल्याण्ड नै रहेको छ ।

जेहेन्दार तथा गरिब विद्यार्थीहरुको लागि प्रशस्तै छात्रवृत्तिको व्यवस्था, वर्षभरि नै विद्यार्थीहरुको लागि निःशुल्क कोचिङ्गको व्यवस्था, विद्यार्थीहरुको निरन्तर शैक्षिक अनुगमन कलेजको खास विशेषता रहेको छ । विद्यार्थीहरुलाई कक्षा ११ र १२ दुवै वर्षको लगि निःशुल्क पुस्तक उपलब्ध गराईन्छ । कडा अनुशासन र गुणस्तरीय शिक्षा मुल मन्त्र लिएर २०५९ सालमा स्थापना भएको मेरिल्याण्डले २०औँ वसन्त यसै वर्ष पार गरेको छ । कलेजलाई अझ गुणस्तरीय र विद्यार्थीलाई संसारको कुनै पनि कुनामा गएर सजिलै विक्री हुने बनाउन कलेजले कुनै कसर बाँकि नराख्ने कुरा प्रिन्सीपल लक्ष्मण ढकाल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्