पुर्वाञ्चलका सातवटा जिल्लामा उन्नती एक्सेस फाइनान्स च्यालेन्ज फण्ड कार्यक्रम शुरु

<span class='c1'>पुर्वाञ्चलका सातवटा जिल्लामा उन्नती एक्सेस</span> <span class='c2'>फाइनान्स च्यालेन्ज फण्ड कार्यक्रम शुरु</span>

विराटनगर, १६ फागुन ,
वितिय पहुच नपुगेका गरिव किसानहरुलाई लक्षित गरेर डेनमार्क सरकारको सहयोगमा पुर्वाञ्चलका सातवटा जिल्लामा उन्नती एक्सेस फाइनान्स च्यालेन्ज फण्ड कार्यक्रम शुरु भएको छ । नेपाल राष्ट्र वैक र उन्नती परियोजनाले आज विराटनगरमा एक कार्यक्रम गरी परियोजनाको जानकारी दिइएको हो । डेनमार्क सरकारको करिव २० करोड सहयोगमा यो कार्यक्रम वैक तथा वितिय संस्था मार्फत संचालन गर्न लागिएको हो । पुर्वाञ्चलका पहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, संखुवासभा , ताप्लेजुङ, पाचथर, भोजपुर र इलामलाई लक्षित गरी परियोजना ल्याएको नेपाल राष्ट्र वैकका माइक्रो फाइन्नस एण्ड सुपरिभिजन निर्देशक विनोद आत्रेयले यो परियोजनावाट आम किसानको वितिय संस्थामा पहुच अभिवृद्धी हुने वताउनु भयो । उहाँका अनुसार परियोजना अन्तर्गत अलैची,अदुवा,दुध,र चियाका किसानलाई समेटिने छ । वितिय संस्था मार्फत आएको प्रस्तावका आधारमा फिर्ता नहुने गरी लगानी गरिने छ । युएन सिडिएफका राष्ट्रिय कार्यक्रम संयोजक उज्जलराज पोख्रेलले यो परियोजनाले वैक तथा वितिय संस्था सक्षम वनाउने र कृषकले अधिकतम लाभ लिने वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्