विराटनगरको न्यूरोमा हेपाटाईटिसको ओपिडी निःशूल्क : जाँचमा २० प्रतिशत छुट

<span class='c1'>विराटनगरको न्यूरोमा हेपाटाईटिसको ओपिडी निःशूल्क</span> <span class='c2'>: जाँचमा २० प्रतिशत छुट</span>

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले अस्पतालका ३०० कर्मचारीहरुलाई हेपाटाइटिस विरुद्धको खोप लगाएको छ ।

बिहीबार विश्व हेपाटाईटिस दिवसको अवसर पारेर अस्पतालले फ्रन्टलाईनमा बसेर काम गर्ने कर्मचारीहरुलाई हेपाटाइटिस विरुद्धको खोप दिएको हो । अस्पतालका साढे चार सय कर्मचारीहरुमध्ये पहिलो चरणमा ३ सय जनालाई हेपाटाइटिस विरुद्धको पहिलो डोज दिईएको अस्पतालले जनाएको छ । बर्खायाममा बढी संक्रामक हुने रोगबाट कर्मचारी तथा बिरामीहरुलाई सुरक्षित राख्न हेपाटाइटिस दिवसको अवसर पारेर खोपको प्रबन्ध मिलाईएको अस्पतालले जनाएको छ । उचित रेखदेख र उपचारको अभावमा हेपाटाइटिसका कारण कलेजाको क्यान्सरसम्मको जोखिम हुने भएकाले समयमै सर्तकर्ता अपनाउने प्रयास स्वरुप अस्पतालले निःशूल्क खोपको व्यवस्थापन मिलाएको अस्पतालका अपरेशनल डायरेक्टर राजेश भट्टराईले बताए ।

विश्व हेपाटाइटिस दिवसकै अवसर पारेर बिहीबारदेखि अस्पतालले ४ जना नयाँ डाक्टरहरुको सेवा समेत सुरु गरेको छ । अस्पतालले पेट तथा कलेजो रोग बिशेषज्ञको रुपमा डा. भुवनेश्वर यादव, ईन्टरनल मेडिसिनको एचओडीको रुपमा डा. भिवेक कट्टेल, नेफ्रोलोजिस्ट डा. निशान्त भुर्तेल र इर्मेजेन्सी इन्चार्जका रुपमा डा. प्रफुल्ल कट्टेलको सेवा सुरु गरेको हो । बिहीबार आयोजित निःशूल्क खोप कार्यक्रमकाबिच उनीहरुको स्वागत समेत गरिएको छ ।

विश्व हेपाटाइटिस दिवसको अवसर पारेर आगामी १ हप्तासम्म अस्पतालले भने पेट तथा कलेजोको ओपिडी निःशूल्क गर्ने भएको छ । अस्पतालले हेपाटाइटिस सम्बन्धीमा जाँचमा समेत २० प्रतिशत छुट दिने निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्