विराटनगरका कुनै विद्यालयले ल्याएनन् ‘फोर जीपीए’, मोरङमै एकजना मात्रै

<span class='c1'>विराटनगरका कुनै विद्यालयले ल्याएनन् ‘फोर</span> <span class='c2'>जीपीए’, मोरङमै एकजना मात्रै</span>

विराटनगर । गतवर्ष एसईईमा मोरङबाट २८६ जनाले फोर जीपीए (४ जीपीए) ल्याएर उत्तिर्ण गरेका थिए । तर, शैक्षिकवर्ष २०७८ को नतिजा गत बुधबार सार्वजानिक हुँदा जिल्लाभरमा एकजनाले मात्रै फोर जीपीएमा उत्तिर्ण गरेका छन् ।
मोरङको उर्लाबारीस्थित पशुपति आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत आनन्द कार्की बाहेक जिल्लाभर अन्यले फोर जीपीए ल्याउन नसकेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई मोरङका सुचना अधिकारी शिवप्रसाद घिमिरेका अनुसार यस वर्ष जिल्लाभरमा एकजना विद्यार्थी बाहेक अन्यले फोर जीपीए ल्याएका छैनन् ।

कोरोना संक्रमणका कारण २०७६ र २०७७ को एसईई परीक्षा विद्यालयले आफैं सञ्चालन गरेका थिए । विद्यालयको स्वमूल्यांकनका कारण फोर जीपीएमा उत्तिर्ण विद्यार्थीको संख्या धेरै थियो । तर, यस पटक परीक्षा प्रणालीमा सुधार हुँदा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा सामान्य र विश्वसनीय देखिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईका सुचना अधिकारी घिमिरेका अनुसार २०७७ भन्दा २०७६ मा झन् धेरै कमजोरी देखिएको थिए । जिल्लाभरमा तीनसय बढी विद्यार्थीले सर्वोकृष्ट नतिजा ल्याएका थिए । तर, परीक्षा प्रणालीमा सुधार गर्दा विद्यार्थीको वास्तविक मूल्याकंन यस पटकको एसईई परीक्षको नतिजामा देखिएको छ ।

प्याब्सन मोरङ अध्यक्ष सितला सुब्बाले परीक्षा प्रणालीलाई विश्वासयोग्य नठान्दा धेरै ठुलो कमजोरी विद्यालयहरुले गरेको बताउनुभयो । उहाँले कोरोनापछि पठनपाठनको संस्कृति समेत हराएको दावी गर्नुभयो । विद्यार्थी, अभिभावक र स्वयम् विद्यालयले समेत कोरोनाकालपछि पढाईसँगै परीक्षा र नतिजामा कमजोरी गरेकोले यस पटक अपेक्षा अनुसारको नतिजा नआएको दावी छ ।

अध्यक्ष सुब्बाले अलिक राम्रो मानिएका सबै विद्यार्थीलाई फोर जीपीए दिने विद्यालयको मनलाग्दी कार्यले विद्यार्थीकै भविष्यमा समेत नकारात्मक प्रभाव पर्नसक्ने बताउनुभयो । यस पटकको परीक्षामा जिल्लाभरको नतिजा औसत देखिएपनि आगामी वर्ष सुधार हुनसक्ने संभावना रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्