किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राऊ

<span class='c1'>किशोरीलाई बलात्कार गरी गर्भवती</span> <span class='c2'>बनाएको आरोपमा एक पक्राऊ</span>

बिराटनगर फाल्गुन १८

गएको साउन महिनादेखि एक किशोरी लाई पटक पटक बलात्कार गरेर गर्भवती बनाएको आरोपमा भक्तपरको चाँगुनारायण नगरपालिका वडा नं. १० बस्ने वर्ष ५३ वर्षे शम्भु बिकलाई प्रहरीले पक्राऊ गरेको छ । घरमा कोही नभएको बेलामा १५ वर्षे किशोरीलाई डरधम्की दिँदै घरमै गएर बलात्कार गर्दै आएको र बालिका गर्भवती भएपछि परिवारले घट्नाबारे थाहा पाएर जाहेरी दिएपछि प्रहरीले बिकलाई पक्राऊ गरेको हो ।बिकले साउनदेखि गतमाघ २१ गतेसम्म पटक पटक बलात्कार गरेको पीडित बालिकाले महानगरीय प्रहरी परिसर भक्तपुरमा बताएकी छिन् । बिकलाई नियन्त्रणनमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भईरहेको जानकारी महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शेखर खनालले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्