विराटनगर। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा डा.सूर्य संग्रौला नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।
प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी विवादमा परेपछि राजीनामा दिएका थिए । उनको राजीनामा गत भदौ २४ गते स्वीकृत गरैसँगै त्यसयता रजिष्ट्रार पद रिक्त थियो ।
संग्रौला नेपाली कांग्रेसका नेता डिला संग्रौलाका श्रीमान हुन् । उनी पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक समेत भईसकेका थिए ।