फेरि समातिए सुन चोर्ने

<span class='c1'>फेरि समातिए</span> <span class='c2'>सुन चोर्ने</span>

उर्लाबारी फाल्गुन १९

ईलाका प्रहरी कार्यलय उर्लाबारीले पछिल्लो पटक धमाधम चोरी तथा विभिन्न आपराधिक गतिविधि मा सम्लग्न हरुलालाई पक्राउ गर्न सफलता पाएको छ । पकेट मार्ने , बाईक चोरी गर्ने, लागुऔसद कारोबारी लागाएतमा समलग्न हरुलाई पक्राउ गरि कार्वाही गर्न सफलता पाएको छ । यसै क्रममा गत माघ २२ गते उर्लाबारी -१ को गोमा श्रेष्ठको घरमा सुन लगाएत नगद चोरी गरेको अभियोगमा मोरङ पथरिसनिस्चरे-८ का अर्जुन तामाङ र दमक -१६ का मानबहादुर बि क लाई पक्राउ गरि आज पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ । तामाङलाई बिराटनगर र बिकलाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरेको हो ।यस्तै राजघाट -५ का प्रताप लिम्बू लाई भारतबाट लागुऔसद ल्याउदै गर्दा पक्राउ गरिएको प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभएको छ ।अनुसन्धान अधिकृत दुर्गा पोमुको सक्रियता मा खटिएको टोलिले पक्राउ गर्न सफलता प्राप्त गरेको निरीक्षक राईले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्