विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले होटल बिग विराटनगरमा वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।
संस्थाले आफ्ना प्रदेश नं. १ मा रहेका ५० वटा कार्यालयका प्रमुखहरुसँग गत आ.व.२०७८/०७९ को वार्षिक समिक्षा बैठक साथै चालु आ.व.को कार्ययोजना सम्बन्धमा छलफल गरेको छ । सोही अवसरमा संस्थाले कर्मचारीहरुको क्षमता विकास तथा समय सापेक्ष आफ्नो सेवालाई परिस्कृत गर्दै लैजान सहभागीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलाप वित्तीय लगानी निवारण र ग्राहक संरक्षण सिद्धान्त सम्बन्धमा समेत जानकारी गराएको थियो ।