मङ्कीपक्सका कारण न्यूयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा

<span class='c1'>मङ्कीपक्सका कारण न्यूयोर्कमा सार्वजनिक</span> <span class='c2'>स्वास्थ्य सङ्कटको घोषणा</span>

मङ्कीपक्सको प्रकोपका कारण न्युयोर्क शहरले शनिबार सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा गरिएको छ ।

न्यूयोर्क शहरका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त आश्विन भासनद्वारा संयुक्तरूपमा जारी वक्तव्यमा न्यूयोर्क राज्यमा कूल एक हजार ३८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

“हाल न्यूयोर्क शहर यो प्रकोपको केन्द्र हो र हाम्रो अनुमानअनुसार हाल करिब एक लाख ५० हजार न्यूयोर्कवासीहरू मङ्कीपक्स सङ्क्रमणको जोखिममा पर्न सक्छन्,” उक्त वक्तब्यमा लेखिएको छ ।

यस घोषणाले स्वास्थ्य विभागलाई शहरी स्वास्थ्य नियम अन्तर्गत आकस्मिक आदेश जारी गर्न र सङ्क्रमण विस्तारलाई सुस्त बनाउन नियम तथा प्रावधानहरूमा संशोधन गर्न अनुमति दिनेछ ।

न्यूयोर्कका गभर्नर क्याथी होचुलले राज्यमा मङ्कीपक्स सङ्क्रमणले प्रकोपको रूप लिएको घोषणा गरेको एक दिनपछि नयाँ घोषणा भएको बताए ।

बिहीबार न्यूयोर्क स्वास्थ्य विभागले मङ्कीपक्स सङ्क्रमणलाई ‘जनस्वास्थ्यको लागि आउनै लागेको खतरा’ को घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांकले देखाएअनुसार शुक्रबारसम्म अमेरिकाभर पाँच हजार १८९ रोगको पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठनले जुलाई २३ मा मङ्कीपक्स सङ्क्रमणलाई अन्तरराष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो । रासस/सिन्ह्वा फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्