सप्तकोशीको २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

<span class='c1'>सप्तकोशीको २२ औं बार्षिक उत्सव</span> <span class='c2'>तथा अभिभावक दिवस सम्पन्न</span>

उर्लाबारी । मोरङको उर्लाबारी–१ स्थित सप्तकोशी आवाशिय उच्च माध्यमिक बिद्यालयको २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।

२०५० सालमा कक्षा–३ सम्मको अनुमति लिएर सञ्चालन सुरु भएको सो बिद्यालयमा बिविध सांस्कृतिक कार्यक्रमसहित बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । बिद्यालयका संस्थापक निर्देशक लेखनाथभट्टराईको सभापतित्वमा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बेश क्याम्प उर्लाबारीका डिएसपी भोलाप्रसाद कुशवाह, जिल्ला शिक्षा कार्यालय मोरङका बिद्यालय निरीक्षक काशीनाथ खनाल, उर्लाबारी उद्योग बाणिज्य संघ उर्लाबारीका अध्यक्ष भरत भट्टराई, एमाओबादीका उर्लाबारी नगरअध्यक्ष राजेन्द्र पौडेल, राप्रपा नेपालका उर्लाबारी अध्यक्ष राजेन्द्र कार्की, प्याब्सन मोरङका उपाध्यक्ष अर्नुन बस्नेत, भृकुटी मोडल कलेजका संस्थापक निर्देशक नरेन्द्र ढुंगाना, बिद्यालय ब्यवस्थापन समितिकी गोमा भण्डारी लगायतले बोलेका थिए । सोही अवरमा बिद्यार्थीहरुले मार्च पास, पिटी र प्रभातफेरीका साथै हर्रा, चण्डीनाच, नाटक, जातीय पोशाक प्रर्दशन, चित्रकला प्रर्दशन, गायन, नृत्यलगायतसमेत प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन  बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष मिश्र बैजयन्तीले गरेकी थिइन् ।

 २०५० सालमा ३९ जना बिद्यार्थीहरुबाट सो बिद्यालय सञ्चालन गरिएको र २०५८ सालमा एसएलसी परीक्षामा सहभागी  हुँदा १२ जनाले सतप्रतिशत नतिजा ल्याएको संस्थापक निर्देशक भट्टराईले बताएका छन् । २०५८ सालयता १४ पटक एसएलसीमा सहभागी भई सतप्रतिशत नतिजा ल्याउन सफल बनेको र शिक्षाको गुणस्तर बृद्धिमा बिद्यालय हरपर लागि रहेको उनको भनाई छ । बिद्यालयले जेहेन्दार, गरिब तथा बिपन्न, द्वन्द्व पीडितलगायत बिद्यार्थीहरुलाई छात्रबृत्तिको समेत ब्यवस्था गरेको उनले बताएका छन् । बिद्यालयले शैक्षिक क्षेत्रका अलवा सामाजिक गतिबिधिमा समेत आफ्नो उपस्थिति बढाइरहेको उनले  जानकारी दिएका छन् ।  २०६६ सालदेखि उमाबि सञ्चालनको अनुमति पाएको र हाल ११ सय बिद्यार्थीहरु उक्त बिद्यालयमा अध्ययरत रहेको बताइएको छ । सो बिद्यालयले २०७० सालमा परीक्षा नियन्त्रण कार्यालय र २०७१ सालमा  जिल्ला शिक्षा कार्यालय मोरङबाट उत्कृष्ट भई पुरस्कृत भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्