केन्याविरूद्धको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिम घोषणा, ज्ञानेन्‍द्र मल्ल फर्किए टिममा

<span class='c1'>केन्याविरूद्धको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिम</span> <span class='c2'>घोषणा, ज्ञानेन्‍द्र मल्ल फर्किए टिममा</span>

नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन्।  मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले केन्याविरूद्ध हुने सिरिजका लागि मल्ललाई टिममा समेटेको हो।

नेपाली टोलीले आउँदो अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यासँग सिरिज खेल्नेछ। केन्यासँग नेपालले पाँच वटा टी-ट्वान्टी र तीन वटा एकदिवसीय खेल खेल्नेछ।

मल्लले सन् २०२२ मा मार्चमा भएको युएईविरूद्धको सिरिजपछि कुनै पनि खेल खेलेका छैनन्।  नेपाली टोलीमा विकेटकिपर अर्जुन साउँदले पनि पहिलो पटक स्थान बनाएका छन्। नेपाली टोलीमा ओपनर कुशल भुर्तल र विकेटकिपर विनोद भण्डारीले यसपटक स्थान पाउन सकेनन्।

नेपाली टोली: सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, वसिर अहमद, अर्जुन साउँद, साहब आलम, किशोर महतो र विवेक यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्