तरकारीको बोराभित्र लागूऔषध

<span class='c1'>तरकारीको बोराभित्र</span> <span class='c2'>लागूऔषध</span>

सुनसरी, २३ फागुन । सुनसरी प्रहरीले तरकारीको बोराभित्र राखेर लागूऔषध तस्करी हुने गरेको तथ्य फेला पारेको छ । लामो अनुसन्धान र विशेष सुराकीका आधारमा सुनसरी प्रहरीले तरकारीसँगै आगूऔषधको तस्करी हुने गरेको तथ्य फेला पारेको हो । प्रहरीले आइतबार साइकलमा लोड गरिएका तरकारीका बोराहरु चेकजाँच गर्ने क्रममा इनरुवाबाट लागूऔषधका ट्याबलेट र कोरेक्स फेला पारेको छ । भाण्टा राखेको बोराबाट कोरेक्स १ सय ११ बोतल, स्पास्मो प्रोक्सोविन ५ सय २८ क्याप्सुल र ७ सय ४० क्याप्सुल नाइट्रोजन ट्याब्लेट प्रहरीले बरामद गरेको छ । तरकारीको बोरामा लागूऔषध तस्करीमा संलग्न सुनसरीको दक्षिणवर्ती गाविस कप्नानगञ्ज–५ का ३० वर्षीय रामनारायण मेहता र कप्तानगञ्ज–३ का १८ वर्षीय अनिलकुमार खत्वेलाई समेत प्रहरीले पक्राउ गरेको छ । इनरुवा–६ स्थित तरकारीको गुद्रीबजारबाट मेहता र खत्वेलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्