बढ्यो सुनचाँदीको मूल्य

<span class='c1'>बढ्यो सुनचाँदीको</span> <span class='c2'>मूल्य</span>

काठमाडौं ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्