सप्तरीमा भएको सवारी दुर्घटनामा परी दुई प्रहरी जवान सहित तिन जनाको मृत्यु

<span class='c1'>सप्तरीमा भएको सवारी दुर्घटनामा परी दुई प्रहरी</span> <span class='c2'>जवान सहित  तिन जनाको मृत्यु</span>

सप्तरीको मधुपट्टी ९ बलान खोला छेउ राजमार्गमा गए राती १ बजे पश्चिमबाट पूर्वतर्फ आउदै गरेको गरेको ना ४ ख १४३० नम्बरको ट्रकमा पश्चिम तर्फ जाँदै गरेको बा २२ प ८५५७ नम्बरको मोटरसाईकल ट्रक भित्र पस्दा दुर्घटना भएको थियो।

दुर्घटनामा परी सुनसरी भादगाँउ सिनवारी ८ घर भएका प्रहरी जवान सुरज चौधरी र उदयपुर रामपुर ठोक्सिला १ घर भएका प्रहरी जवान सिताराम खड्का घाईते भएका थिए। घाईते दुवैलाई लहान फ्रेन्च अस्पतालबाट थप उपचारको लागी बिराटनगर न्युरो अस्पताल लाने क्रममा दुबै जनाको मृत्यु भएको हो। मृतक दुबै पूर्व क्षेत्रीय सस्शत्र प्रहरी गण मुख्यालय रानी दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय लहानमा थप मद्दतका लागी खटिएका थिए।
त्यसैगरी सप्तरीको भारदह वडा नम्बर १ राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार भारदह (१ बस्ने १९ बर्षिय पप्पु माझी रहेका छन भने मोटरसाईकल चालक सोहि स्थान बस्ने २० बर्षिय मण्डल गम्भिर घाइते भएका छन्। दुर्घटनामा परी घाईते मण्डललाई उपचारको लागी बिराटनगर पठाई मृतक माझीको शव पोष्टमार्टमको लागी अंचल अस्पताल राजविराज पठाईएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्