एन्फालाई मोटो रकम जरिवाना

<span class='c1'>एन्फालाई मोटो</span> <span class='c2'>रकम जरिवाना</span>

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सात हजार अमेरिकी डलर (नेपाली करिब नौ लाख रुपियाँ) जरिवाना गरेको छ।

गत असारमा कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नियमविपरीत काम गरेको भन्दै एएफसीले नेपाललाई जरिवाना गरेको हो।

एएफसीको अनुशासन तथा इथिक कमिटीले एसियन कप छनोटअन्तर्गत इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्ध गरिएका प्रशिक्षक अलमुताईरी खेल अघि ड्रेसिङ रुममा प्रवेश गरेको थिए। खेलपछि उनी एक्रिडिटेसन कार्डसहित मैदान प्रवेश गरेको भन्दै ६ हजार डलर जरिवाना गरिएको एएफसीले जनाएको छ।

त्यसबाहेक, इन्डोनेसियाविरुद्धकै खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई एक हजार जरिवाना गरिएको एएफसीले जनाएको छ। एएफसीले जरिवानाको २५ प्रतिशत रकम ९० दिन र बाँकी रकम दुुई वर्षभित्र तिर्न एन्फालाई समय सीमा तोकेको छ। एएफसीले आगामी दिनमा यस्ता घटना दोहोर्‍याएमा कडा कारबाही गरिने भन्दै एन्फालाई सचेत पनि गराएको छ।

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा असोज ११ गते बंगलादेशको सामना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्