अध्यक्ष यादव मोरङ निर्वाचन क्षेत्र–५ मा उम्मेदवारीका लागि सिफारिस

<span class='c1'>अध्यक्ष यादव मोरङ निर्वाचन क्षेत्र–५</span> <span class='c2'>मा उम्मेदवारीका लागि सिफारिस</span>

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।

पार्टीद्वारा आज जारी विज्ञप्तिमा अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि प्रदेश–१ का स्वास्थ्यमन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र खुर्सिद हविब इराकीको नाम सिफारिस गरिएको जनाइएको छ ।

यस्तै प्रदेशसभातर्फ मोरङ क्षेत्र–५ (क)बाट प्रत्यक्षको उम्मेदवारमा पत्रालाल मण्डल, प्रमोद शर्मा, कमला साह र प्रकाश मण्डल गनगाईंको नाम सिफारिश भएको स्वास्थ्यमन्त्री यादवले बताउनुभयो ।

यसैगरी क्षेत्र–५(ख)मा स्वास्थ्यमन्त्री यादवलाई प्रदेशसभाको उम्मेदवारमा पनि सिफारिस गरिएको छ । सो क्षेत्रमा अमृत महतो, दिनेश साह, विनिता सिंह र मन्तलाल यादवको नाम पनि पार्टीले सिफारिस गरेको बताइएको छ ।

मोरङ क्षेत्र–४ प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि मृत्युञ्जय झा र समानुपातिकतर्फ रामचन्द्र झाको नाम रहेको छ भने मोरङ निर्वाचन क्षेत्र–४ (ख)मा प्रत्यक्षतर्फ सञ्जय सिंह र समानुपातिकतर्फ रञ्जु बर्मा र गीता यादवको नाम सिफारिस गरिएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्