नेप्से परिसूचक १.६७ अंकले घट्यो

<span class='c1'>नेप्से परिसूचक १.६७</span> <span class='c2'>अंकले घट्यो</span>

काठमाडौं । सातको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १.६७ अंक (०.०८ प्रतिशत) ले गिरावट भएर १९७०.६२ अंकमा बन्द भएको छ ।

शुक्रबार हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ४ घण्टा कारोबार हुने बजारमा शुक्रबार भने दुई घण्टा मात्रै कारोबार हुँदै आएको छ । बिहीबार १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार करिब ७० करोडको कारोबार भएको छ ।

शुक्रबार नेप्सेमा १८ लाख १ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक१० करोड ४ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३७ लाख ३ हजारको कारोबार भएको छ ।

शुक्रबार नेप्सेमा १८७ कम्पनीको सेयर किनबेच भएकोमा ९७ कम्पनीको सेयर मूल्य घटेको छ । ७३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १७ कमपनीको भने स्थिर छ । शुक्रबार कारोबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.८० प्रतिशतले वृद्धि हुँदा रुरु जलविद्युत् कम्पनीको ९.६७ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ७.६१ प्रतिशतले बढेको छ ।

यता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइ मूल्य ६.१६ प्रतिशतले गिरावट हुँदा बुद्धभूमि हाइड्रोपावरको ४.१० प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्