कोसी अस्पताल विराटनगरलाई प्रयोग अनुमति पाए पूर्वाञ्चल विश्वविद्यालयले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने

<span class='c1'>कोसी अस्पताल विराटनगरलाई प्रयोग अनुमति पाए पूर्वाञ्चल</span> <span class='c2'>विश्वविद्यालयले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षण सुरु गर्ने तयारी गरेको छ । चिकित्सा शिक्षा आयोगले मेडिकल सञ्चालनका लागि राय दिइसकेको छ । चिकित्सा शिक्षा आयोगको रायका आधारमा मन्त्रीपरिषद्ले त्यसलाई स्वीकृति दिनुपर्नेछ । तर, पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.यादवराज कोइरालाका अनुसार मन्त्रिपरिषद्ले कोसी अस्पतालाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न दिने अनुमति समेत दिनुपर्ने हुन्छ । त्यसपछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको बाटो खुल्नेछ ।

पूर्वाञ्चल विश्वविद्यालयले त्यस बाहेक गंगालालसँग समेत अस्पताल सञ्चालनका लागि सहकार्य गर्ने भएको छ । गंगालालको शाखा विस्तारको रुपमा गोठगाउँमा अस्पताल खोल्ने विषय समेत छलफलमा अगाडी बढेको उपकुलपति कोइरालाले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालय गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनमा ल्याए मोरङमा मात्रै तीनवटा मेडिकल कलेज हुनेछन् । नोबेल मेडिकल शिक्षण, विराट शिक्षण र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज हुनेछन् । तर, तत्काल भने कोसीमा शिक्षण अस्पताल सञ्चालन गर्नुपर्ने भएकोले मेडिकल कलेज गोठगाउँमा भएपनि विराटनगरमै अर्को शिक्षण अस्पताल कोसी हुनेछ ।

फोटो:फाइल/सुमन सुस्केरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्