फेसबुकबाटै पुस्तक विमोचन

<span class='c1'>फेसबुकबाटै पुस्तक</span> <span class='c2'>विमोचन</span>

विराटनगर, २५ भदौ । पुस्तक विमोचन गर्ने नयाँ शैलीको विकास भएको छ । डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित ‘अध्ययनको आलोकमा बीच बाटोमा ब्युँझेर’ फेसबुकबाट विमोचित भएको छ ।
इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट पुस्तक विमोचन गरेपछि दङ्ग पर्दै स्रष्टा नवराज सुब्बा बताउँछन्— “सूचना प्रविधिको उचित प्रयोग गरेमा मानिसको अमूल्य समय र स्रोत बचाउन सकिन्छ । सभा, समारोह र सम्मेलन गरेर साहित्यिक गतिविधि गर्ने परम्परागत सोंचलाई फराकिलो बनाउनु समयको माग हो ।” 
कवि नवराज सुब्बाको “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहमाथि डा. कृष्णप्रसाद दाहाल, डा. बद्रीविशाल पोखरेल, लीला लुईंटेल, देवी पन्थी, सुरेश प्राञ्जलीका समालोचना र बैरागी काइँला, डा. तुलसी भट्टराई, डा. बेञ्जु शर्मा, दधिराज सुवेदी, हरिप्रसाद बराल, शैलेन्द्र साकार, ध्रुव मधिकर्मी, जगत प्रेक्षित, गांधीराज काफ्ले, हिंडपाली साइँलो, रश्मिशेखर, माया पकुवालका समालोचना संग्रहित छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्