विराटनगरको जुटमिल खेल मैदानमा प्रदेश स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप हुने

<span class='c1'>विराटनगरको जुटमिल खेल मैदानमा प्रदेश</span> <span class='c2'>स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप हुने</span>

प्रेम देवान

विराटनगर । विराटनगर रानीमा रहेको जुटमिलको खेल मैदानमा १ नम्बर प्रदेश स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप २०७९’ प्रतियोगिता हुने भएको छ । आयोजक मिल्श भेट्रन्स क्लब रानीले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज १ गतेबाट प्रतियोगिता हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा खेल संयोजक मनोज खड्काले विराटनगरको रानी जुटमिलमा प्रदेश स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता २०७९ आयोजना गर्न लागिएको बताउनुभयो ।
रानी क्षेत्रमा रहेका फुटबलका पारखीहरुको संरक्षण र समृद्धन गर्ने उदेस्यका साथ राष्ट्रलाई खेलकुदको माध्यबाट चिनाउनको लागी प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक खड्काले बताउनुभयो । आसोज १ गतेबाट असोज १० गते सम्म हुने प्रतियोगितामा झापा,मोरङ र सुनसरी तिन वटा जिल्लाका १० वटा भेट्रान्स टिमहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा मिल्स भेट्रान्स क्वल, रानी बिराटनगर, मर्निङ्ग भेट्रान्स क्लब, हालखोला, बिराटनगर, युनाईटेड भेट्रान्स क्लब, बिराटनगर, दुलारी भेट्रान्स क्लब, राजघाट भेट्रान्स क्लब उर्लाबारी , दुहबी भेट्रान्स क्लब, दुहबी , हाम्रो धरान भेट्रान्स क्लब, धरान,
भरौल भेट्रान्स क्लब, भरौल, दमक–लखनपुर भेट्रान्स क्लब, दमक, विर्तामोड भेट्रान्स क्लब, विर्तामोड, झापा लगायतका टिमहरुले सहभागिता जनाउने भएका छन् ।


मिल्श भेट्रान्स गोल्डकपको विजेताले ५१ हजार १ सय ११ रुपैया र उप विजेताले ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने साथै प्रत्येक खेलमा म्यान अफ म्याच घोषित गरी पुरस्कारको व्यावस्था समेत रहेको खेल सयोजक मनोज खड्काले जानकारी दिनुभयो । मिल्श भेट्रान्स गोल्डकप प्रतियोगिताको उद्घाटन जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

‘मिल्श भेट्रान्स क्लबको समुह

‘मिल्श भेट्रान्स क्लबको समुह

उनले प्रथम पुरस्कारको राशी ५१ हजार १ सय ११ रुपैया सहयोग घोषणा गरेका छन् । आयोजक मिल्श भेट्रान्स क्लबले दिर्घकालिन रुपमा फुटबल खेलद्धारा शारिरीक विकासको लागी ‘युवा अवस्थाको स्मृति र आजको रहर’ भन्ने नाराका साथ मिल्श एरीयाका पुराना तथा नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागी विभिन्न खेलकुद प्रतियोगिताहरु गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्