हामी नेपालीहरुको महान् पर्व बडादशैं,तिहारको उत्साह र रौनकता बढदो छ । तर, बाध्यता, बिवशता र परिवन्दले परदेशीएकाहरुलाई भने यस्ता चाडपर्वले उत्साहहोइन, झन निराश,एक्लोपन अनि रुवाउने गर्छ ।
गरिबी, अभाव र बेरोजगारीको कारण घर छोडेर बिदेशीनु पर्ने हामी नेपालीको तितोे यथार्थ जुन छ यसलाईहामी नेपालीको बिडम्बना नै भन्नु पर्छ । स्वदेशमा रोजगारीको अवसर नपाए पछि दैनिकी रोजीरोटीको खोजीमा सुनौलो सपनाबुन्दै खाडीको तातो घाममा तपतपपसिना चुहाउन बाध्य भएका छौ हामी नेपाली । लगातारको राजनीतिक अस्थिरता, लामो समय सम्मको द्धन्द्ध र राज्यको मुखदर्सक्ताले आज हामीलाई घर परिवार छोडेर बिदेशी न बाध्य पारेको यो नै यथार्थ हो ।
चाहेर होस वान चाहेरै आफु र आफ्नो परिवारको दैनिकी गुजरा चलाउन अनि आफ्नो सन्तानको सुन्दर भविष्य बनाउन भनी आज लाखौं युवायुवतीहरु आफ्नो उमेर र जवानी विदेशी भुमिमा बेच्न बाध्य भएका छौं ।
हो, आज हामी हाम्रो उर्बर भुमिमा चाही सुख्खा खण्डहर(उजाड) बनाउँदै अरबको मरुभूमिलाई हरियाली बनाउदैं छौं । मनका हजारौं रहर चाहाना र आकाक्षालाई मारेर आफ्नो मौलिकता,सस्कृति,चाडपर्व अनि रितिरिवाज मुल्यमान्यतालाई समेत चाहेर पनि मान्न अनि रमाउन नपाउनु साच्चै यहाँ भन्दा ठुलो बिडम्बना के रहला र हामी नेपालीका लागि....?
वर्षदिनमा एक पटक आउँने दशै तिहार पर्व मनाउँ नयतिबेला शहर,बजार, परदेशबाट घर गाउँ आउने लहर चलिरहदा परदेशमा रहेकाहरुको मनमाभने घर परिवार र साथीसङ्गीहरुको सम्झनाले पिरोल्न थालेको छ भने अर्कातिर चाडपर्व नजिकिदैँ गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अमिलोमन,मलीनअनुहार बनाउदै र गहभरि आशु बोकेर बिदाईका हातहरु हल्लाउनेको भिड पनिउत्तिकै देखिन्थ्यो ।
पिढीमा बसी,औउलाभाची छोराको आउने दिनगन्दै थिइन.... लोकनाथ सापकोटाको शब्द अनि उदीत नारायण झा र दीपा नारायणको आवाजमा रहेको यो परदेशीको मन छुने मार्मिक भावनालाई समेटीएको छ । यो गीतसँग मिल्ने कथा छ रोजगारीको शिलसिलामा दुवई पुगेका २६ वर्षिय नवराज काफ्ले जो पछिल्लो ५ वर्ष देखि नेपाल आउन पाएका छैनन् । ५ वर्ष भयो उनले नेपालको चाडपर्वलाई तस्वीरमा देखेको, घरलाई फोनमा हेरेको र परिवारको आवाज मात्र सुनेको चाडपर्वका बेला परिवार र साथीभाईसंग नहुनुको पीडा उनले फोनबाटै सुनाए ।आफ्नो घर परिवारसंग दशै, तिहार मनाउन नपाउनुको पीडाको शब्द शायदउनले शब्द कोष मै भेटेनन् । उनी भन्छन् फेसबुकमा देखिरहने तस्वीरहरुले पिरोल्छ अझ यस्ता चाडपर्वको बेलाताझन बढी । परिवारसंगै एउटै तस्वीरमा पाउने स्थानलाई उनीकल्पनामात्र गर्छन अनि भन्छन “आँखाभरि आँशु र मन भरि पीडा बाहेकका विकल्प पनि त हुदैन् परदेशीसँग एकदुई घण्टाको बाटो पनि त हैन आज आएभोली फर्कन्छु भन्नलाई फेरि घर फर्कनलाई पनिकहाँ सजिलो छ र सोचेको समयमा हामीहरुलाई भन्दै फोन राखे ।
उनले ‘अलोन’शब्दको प्रयोग धेरै पल्ट गरे । मलाई लाग्यो उनको गहिरो माया छ त्यो शब्दसँग ।
त्यस्तै गरि १२ वर्षसम्म परिवारसंग चाडवाड मनाउननपाएको झापा दमक घरका शिव खतिवडाको दशैंको टिकाको दिनमापनि ड्युटी रहेको बताए । मलेसियाको वेस्टन डिजिटलमा कार्यरत उनको छुट्टी नमिलेको र परिवाको यादले पिरोलीरहेको उनले सुनाए ।
बिरानो देश, अनौठो भाषा संस्कृति, छुटटै रहन सहन कस्ले बुझिदिने हाम्रो मर्म..? बिहानै उठ्यो काचो होस् या कचिलो पाकेको होस् या काच्चै दुई गा“स टपक्क टिप्यो अनि लाग्यो फेरी त्यहिकाममा । दिनभरि काममामालिकको गालीकामको चाप र थकान शरीर लिएर साझ लखतरान भएर कोठामा फक्र्यो अनि फेरी आफैले केहि बनायो मन नमान्दानमान्दै दुई गाँस खायो अनि पल्टियो त्यहि बिस्तारामा । यसरी सुनाएको उनको दैनिकी ।यी माथी उल्लेख गरिएका नाम त दुई पात्र मात्र हुन यसरी बाध्यता र विवशताको भुमरीमा परि विदेशी भूमीमा आफ्नो पसिना र रगतसँगै उमेर र जवानी बेच्दै गरेका लाखौं नौजवान नेपालीको वास्तविकता कहानी बुझ्दा सायदै घर देहमा रहने आफन्तको मन स्थिर रहला ?
सम्भावना र चुनौतीलाई पहिल्याउननसकी साहुको महँगो क्रण काटेरै विदेशीभुमिमागुलामबन्नआएकाकर्मठ नेपालीऊर्जा शक्तिको भगवान् भरोसा बनेको काम र मान्नै नसक्ने काम अनुसारको दाम अनेकौं पिडाको जन्ञालमान चाहेरै पनि रमाएका छन् । तमाम नेपालीमनहरु देखेको सुनेको जस्तो कहाँ हुन्छ र परदेशी जीवन । अरुको खटन अरुकै आशा आफ्नो केवल झिनो सपना अनि त्यसैको भरोसा । न दिनको भोक न रातको निन्द्रा न जीवनको न कुनै मनको रहर बेवल चल्छ त अरुकै कर । गलेको होस् की थाकेको, ज्वरो आएको होस् या बिरामी परी खान नरुचेको होस् काम नगरी धरै हुदैन् ।
धेरै परदेशीहरुको यस्तै पिडा छन् चाडपर्व होस् या अन्यकुनै बेला । बिदेशी एकाकति नेपालीहरुले स्वदेशिन्छन् भने कतिपय चाहेर पनि फ्र्कन पाउदैनन् । यस्तै छ परदेशीको कथा जे होस जो जहाँ बसेर भएपनि आफ्नो मौलिक रितिरीवाज, संस्कृतिलाई माया गरौं । सबैमा एकमुष्ट शुभकामना आउँदै गरेको चाडहरुको ।