विराटनगर र बिर्तामोडबाट लागुऔषध सहित ३ जना पक्राउ

<span class='c1'>विराटनगर र बिर्तामोडबाट लागुऔषध</span> <span class='c2'>सहित ३ जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी-४ सुनसरीका २२ बर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ।

लागुऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र उनको १७ बर्षीय छोरा अर्मान अन्सारीलाई घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्