मिल्स भेट्रान्स गोल्डकप सुरु ,उद्घाटन खेलमा आयोजक मिल्श भेट्रान्स बिजयी(फोटो फिचर)

<span class='c1'>मिल्स भेट्रान्स गोल्डकप सुरु ,उद्घाटन खेलमा</span> <span class='c2'>आयोजक मिल्श भेट्रान्स बिजयी(फोटो फिचर)</span>

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लब बिजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । मिल्स भेट्रान्स क्लबले दुलारी भेट्रान्स क्लब मोरङलाई ३ –० गोलले हराउँदै बिजयी भएको हो ।

जितको लागि मिल्स भेट्रान्सका सन्तोष चोङवाङ दुई गोल र प्रकाश पौडेलले एक गोल गरेका थिए ।

आक्रमक रुपमा प्रस्तुत भएको मिल्स भेट्रान्सले खेल सुरु भएको १९ औं मिनेटमा प्रकाश पौडेलले गोली गरी टिमलाई अग्रता दिए । प्रकाशले गोल गरेको १० मिनेटपछि मिल्सका सन्तोष चोङवाङले गोल गरे ।

पहिलो हाफमा २–० गोलले मिल्स भेट्रान्स अगाडी रहयो । दोस्रो हाफदेखि सुधारेको प्रर्दशन गरेपनि दुलारी भेट्रान्स क्लबका खेलाडीहरुले गोल गर्ने थुप्रै अवसर खेर फाले । दोस्रो हाफको ७ औं मिनेटमा सन्तोष चोङवाले गोल गरे ।

प्रतियोगितामा प्रदेश १ भरीका ११ वटा टिमको सहभागि रहेको मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले ५१ हजार १ सय ११ र उपबिजेताले ३१ हजार १ सय ११ रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् ।

उद्घाटन खेलको प्रमुख अतिथि जनता समाजवादी पार्टी मोरङ अध्यक्ष राजकुमार यादव, अतिथिहरु विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष सन्तोष बानिया,मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोर बहादुर शाही, वडाअध्यक्षहरु उद्धव भुजेल, सुर्यलाल यादव, सुर्यनारयण महतो, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक बुद्ध श्रेष्ठ, इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्