विराटनगर । संविधान दिवसको अवसरमा विराटनगरमा वृक्षरोपण गरेर संविधान दिवस मनाइएको छ ।
आज (सोमबार) नेपाल—भारत सिमाना देखि विराटनगर स्थित बरगाछी चोकस्मम सडक डिभाइडरमा वृक्ष रोपण गरी संविधान दिवस मनाइएको हो ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई ले विरुवा रोपेर वृक्षरोपण कार्यक्रमको उद्धघाटन गरेका थिए । भने वृहत वृक्षरोपण कार्यक्रममा प्रदेश १ का पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू, नेपाल प्रहरी, श्री भैरव गण बाट खटिएका नेपाली सेना साथै विराटनगर माहगरपालिकाका उपप्रमुख शिल्पा कार्की लगायतको उपस्थिति रहेको थियो ।
बरगाछी देखि नेपाल—भारत सिामनासम्म २२ सय विरुवा रोपीएको उप्रमुख कार्कीले जानकारी दिईन् ।
भर्खरै रोपिएको विरुवा संरक्षणका लागि स्थानीय जनप्रतिनिधि र स्थानीय नागरिकको सहयोगमा हेरविचार गर्ने योजना रहेको उनको भनाई थियो ।