विराटनगरको रोडशेषबाट चालिस लाख मूल्य बराबरको सामान सहित ट्रयाक्टर बरामद

<span class='c1'>विराटनगरको रोडशेषबाट चालिस लाख मूल्य</span> <span class='c2'>बराबरको सामान सहित ट्रयाक्टर बरामद</span>

विराटनगर । विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चौकबाट सामान सहित ट्रयाक्टर बरामद गरेको छ ।

आइतबार दिउसो करिब ३:५० बजे विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चौकमा भारतबाट नेपालतर्फ आउदै गरेको बी आर
३८ बी २३७८ नम्बरको ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जहदा गाउँपालिका-१ बस्ने ट्रयाक्टर चालक बर्ष १९ को रमेश यादवले राजश्व चुहावट गरी लत्ताकपडा लगायतका ट्रयाक्टर सहित अन्दाजी रू. ४०,००,०००।- (चालिस लाख) को सामान ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्